२०८१ जेष्ठ ६ गते आइतवार | 2024 May 19th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पोखरामा चिनियाँ पर्यटक सवार हाइस दुर्घटना हुँदा ८ जना घाइते

काठमाडौं । कास्कीमा १३ जना चिनियाँ नागरिक सवार हाइस दुर्घटनामा परेको छ । पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार शहीदचोकबाट मुस्ताङचोक तर्फ जाँदै गरेको बा १३ च ५१३७ नम्बरको स्कार्पियो जिप र ड्याम साइडबाट रत्नचोक तर्फ जाँदै गरेको हाइस माइक्रोबस बिहान पाँच बजेतिर राष्ट्र बैंक चोकमा दुर्घटनामा परेका थिए ।

प्रहरीले घाइतेहरुको अवस्था मध्यम रहेको बताउँदै गण्डकी मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको जनाएको छ । स्कार्पियो चालक धादिङको नेत्रावती–१ बोराङ बस्ने ४३ वर्षीय राज कुमार अधिकारी र माइक्रो बस चालक पोखरा–९ पृथ्वीचोक बस्ने ४१ वर्षीय तुल बहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस