२०८१ जेष्ठ ६ गते आइतवार | 2024 May 19th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इरानको इस्फाहान विमानस्थल नजिकै विस्फोट

काठमाडौं । इजरायलले इरानमाथि जवाफी कारबाही गरेको छ । इरानी अर्ध–आधिकारीक फार्स समाचार एजेन्सीले स्थानीय स्रोतहरूलाई उद्धृत गर्दै इरानी शहर इस्फाहानको उत्तरपश्चिममा रहेको इरानी शहर गहजावोर्स्तानमा विस्फोटको आवाज सुनिएको उल्लेख गरेको छ । फार्सलाई उदृधत गर्दै सिएनएनले यस्तो जानकारी गराएको हो । इरानी प्रेस टिभीले पनि मध्य सहर नजिकै विस्फोटको आवाज सुनिएको बताएको छ ।

यो विस्फोटको कारण थाहा हुन सकेको छैन । तर केही रिर्पोटहरुमा यो इजरायलको जवाफी हमला हुनसक्ने आंकलन भइरहेको छ । यसबीच तेहरान, इस्फाहान र शिराज, पश्चिम, उत्तर पश्चिम र दक्षिण पश्चिमका विमानस्थलहरूमा हुने उडान रद्ध गरिएको छ । यो सँगै विश्वमा इन्धनको मूल्यमा वृद्धि देखिन सक्ने जनाइएको छ । इरानको हवाई प्रतिरक्षा प्रणाली देशका धेरै प्रान्तहरूमा सक्रिय गरिएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस