२०८१ जेष्ठ ५ गते शनिवार | 2024 May 18th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आन्दोलनमा भएको क्षतिको जरिवाना तिर्न राप्रपाको कार्यालयमै महानगरले पठायो पत्र

७ वैशाख, काठमाडौं । आन्दोलनको क्रममा सार्वजनिक सम्पत्तिमा क्षति भएको दाबी गर्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई जरिवाना तिर्न पत्र पठाएको छ । महानगर स्रोतका अनुसार शुक्रबार राप्रपाको कार्यालय धुम्बाराहीमा पत्र पठाइएको हो ।

जसमा ट्राफिक आइल्याण्डमा क्षति पुगेकाले मर्मत गर्न लाग्ने शुल्क २२२ रुपैयाँ र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ बमोजिम ५ हजार जरिवाना तिराउने निर्णय भएको भन्दै महानगरले पत्र पठाएको छ ।

२७ चैतमा राप्रपाको प्रदर्शनबाट ट्राफिक आइल्याण्डमा क्षति पुगेकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ बमोजिम २२२ रुपैयाँ मर्मत सम्भारका लागि तिराउने निर्णय भएको महानगरपालिका स्रोतले जनायो । पत्रमा महानगरपालिकाले एनआईसी एसिया बैंकमा रहेको खातामा रकम दाखिला गर्न भन्दै खाता नम्बर समेत उल्लेख गरेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस