काठमाडौं । युक्रेनले बिहीबार उसले संयुक्त राज्य अमेरिकाबाट सटीक तोपखाना प्रणाली प्राप्त गरेको जनाएको छ ।

त्यो प्रणाली उन्नत हतियारहरूको लागि उपयुक्त मानिन्छ । कीभको विशेष अनुरोधमा अमेरिकाले सो प्रणाली प्रदान गरेको हो ।

“हिमार्स युक्रेन आइपुगेको छ। मेरो सहकर्मी र मित्र सेसडेफ लोयड जे अस्टिन-तृतीयलाई यी शक्तिशाली उपकरणहरूका लागि धन्यवाद !

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

गर्मी रुसी कब्जाकर्ताहरूका लागि भारी हुनेछ । तिनीहरूमध्ये केहीका लागि अन्तिम अस्त्र पनि हुन सक्नेछ, “युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभ ट्वीटरमा लेखेका छन् ।

प्रजातन्त्रवादी नेत्री सुची नजरबन्दबाट एकान्त काराबासमा
भ्रष्टाचारको आरोपमा राजधानी नेपिटोमा सेनाले बनाएको जेल परिसरमा नजरबन्दमा राखिएकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई एकान्त कारावासमा सारिएको छ ।

आपराधिक कानून बमोजिम उनलाई बुधबारदेखि एकान्त कारागारमा राखिएको सैनिक सरकारका प्रवक्ता जाव मिन तुनले बताएका हुन् । सेनाले रक्तपातविहीन विप्लवबाट सत्ता हत्याएपछि सन् २०२१ को फेब्रुवरीयता सुचीलाई सैनिक सरकारले घरमै नजरबन्दमा राखेको थियो भने पछि नेपिटोको कारागारमा बन्दी बनाएको थियो ।

लोकतन्त्रका निम्ति गरेको अनवरत सङ्घर्षका निम्ति नोबेल शान्ति पुरस्कार पाएकी ७६ वर्षीया सुचीमाथि सैनिक सरकारले मदतानमा धाँधली गरेको, वाकीटकी रेडियो सेट घरमा राखेको र कोरोनासम्बन्धी नियम तोडेकोलगायत विभिन्न आरोप लगाएको थियो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु