काठमाडौं । अमेरिकी उच्च अदालतले गर्भपतनलाई कानूनी मान्यता दिने पाँच दशक पुरानो फैसलालाई उल्टाइदिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले सर्वोच्चको यो फैसलालाई गम्भीर गल्ती भनेर टिप्पणी गरेका छन् । सर्वोच्चको फैसलाविरुद्ध अमेरिकाका विभिन्न शहरहरुमा विरोध प्रदर्शन भइरहेको छ ।

साथै गर्भपतनको सेवा दिंदै आएका क्लिनिकहरु बन्द हुन थालेको बीबीसीले जनाएको छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

यसअघि अमेरिकामा गर्भपतनको कानूनी अधिकार थियो । महिलालाई गर्भपतनबारे निर्णय लिने संवैधानिक हक थियो । सो ५० वर्ष पुरानो सो कानुनी अधिकार सर्वोच्चले उल्टाइदिएको हो ।

यससँगै महिलालाई गर्भपतनको कानूनी हक हुने कि नहुने भनेर अमेरिकी राज्यहरुले आ–आफ्नै अलग नियम बनाउन सक्ने छन् ।

अमेरिकाका धेरैजसो राज्यहरुले गर्भपान कानूनलाई लिएर नयाँ प्रतिबन्ध लागू गर्न सक्ने अनुमान गरिएको बीबीसीले जनाएको छ । अमेरिकाका १३ राज्यहरुले यसअघि नै गर्भपतनलाई गैरकानूनी मान्ने यस्तै कानून बनाइसकेका छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु