काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीको बचाउ गर्नुभएको छ ।
उहाँले रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ? भन्दै नेताहरुलाई प्रश्न गर्नुभएको छ ।
नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको उहाँको आरोप छ ।

सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद स् चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा उहाँले मन्त्री बन्न सबैको पालो पुर्याउनुपर्ने चरित्र समाजवादी नभएको टिप्पणी गर्नुभयो ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- शाहरुख खानले खेल्न अस्वीकार गरेका यी ७ ब्लकबस्टर फिल्म, बक्स अफिसमा तोडिए धेरै रेकर्ड
- नेपालका यी शीर्ष ८ अभिनेत्री : नम्बर वानमा को छ ?
- केपी ओली प्रति अत्यन्तै सम्मान छ – झाँक्री
- यस्तो दुधका कारण अबको १० वर्षमा ४० प्रतिशतमा क्यान्सरको खतरा
- झलनाथको गगन थापालाई प्रश्न : चार पाटा मुडियोस् भन्नेहरु कहाँ छौ ?
- यस्ता छन् मकै खाँदा हुने चमत्कारीक फाइदा तर यस्ता व्यक्तिले भुलेरपनि खानु हुँदैन
- काठमाडौंको आकाशेपुलः ‘एक रातको होइन, एक पटकको १५ सय ! जाने भए हाम्रैमा जाने हो’
- अभिनेत्री मलाइकाले प्रेमी अर्जुनलाई दिइन् जन्मदिनको उत्कृष्ट शुभकामना, यति धेरै खुशी साझा गरे [ ९ तस्वीर ]
- कल्पना गर्न नसकिने क्रूरता : बन्धक बनाएर २ महिना १० दिन सामूहिक बलात्कार, रक्तस्रावले मृत्यु
- हामी डुब्न लाग्दा एमसीसीमा त्यान्द्रोको सहारा लिएकै हो : प्रचण्ड
- नेपाल सरकारले अमेरिकालाई पठायो एसपीपीमा आबद्ध नहुने निर्णय
‘रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ?’ उहाँले नेकपा एकीकृत समाजवादीतर्फत इंगित गर्दै भन्नुभयो, ‘हामी समाजवादतिर गइरहेका छौं कि कता गइरहेका छौं, हाम्रो चरित्र, आचार र व्यवहारमा समाजवाद छ कि छैन, त्यो महत्वपूर्ण छ ।’
नेकपा एकीकृत समाजवादीले हालै सरकारमा रहेका ४ जनालाई फिर्ता बोलाएर ४ जना नयाँ नेतालाई सरकारमा पठाएको छ ।
आइतबार शहरी विकास मन्त्रालयको जिम्मेवारीबाट बाहिरिने क्रममा नेता रामकुमारी झाँक्रीले पत्रकार सम्मेलनमा आँशु बगाउनुभएको थियो । उहाँले त्यही अवस्थालाई जोडेर आज कम्युनिस्ट नेताहरुप्रति व्यांगय गर्नुभयो ।
सबैको जानकारीको सेयर गर्नुहोस !!

