काठमाडौं । श्रीमती बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

प्रहरीले श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेको हो । गोरखा घर भई हाल सोलुखुम्बु नगरपालिका–६ बस्दै आएका २६ वर्षीय विजय राज थिनाल नामका अबुज खड्की पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले जानकारी दिनुभयो । उहाँका अनुसार श्रीमतीले गत शुक्रबार जाहेरी दिएकी थिइन् ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

सोही जाहेरीपछि खड्कीलाई शनिबार सल्लेरी बजारबाट नियन्त्रणमा लिइएको हो । बाहिर श्रीमान पत्रकार भएको भन्ने कुरा आए पनि प्रहरीले आधिकारिक रुपमा पुष्टि गर्न सकेको छैन् ।

प्रहरीका अनुसार पत्रकार भए नभएको कुरा खुलिसकेको छैन । पत्रकार भए नभएको भन्ने कुरा पनि अनुसन्धान भइरहेको शाहले बताउनुभयो । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु