२०८१ बैशाख ६ गते बिहिवार | 2024 April 18th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चिकित्सा शिक्षा स्नाचिकित्सा शिक्षा स्नातक तह MBBS र BDS को प्रवेश परीक्षाको नतिजा प्रकाशित ( नतिजा सहित)

MBBS and BDS entrance exam results published in Medical Education Commission

काठमाडौं । चिकित्सा शिक्षा स्नातक तह (MECEE-BL 2024 ) MBBS र BDS शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

नेपाल सरकार, चिकित्सा शिक्षा आयोग, परीक्षा निर्देशनालयले शैक्षिक सत्र २०८०/०८१ मा चिकित्सा शिक्षा स्नातक तह (MECEE-BL 2024 ) मा भर्नाका लागि विद्यार्थी छनौट गर्न मिति २०८० कार्तिक १८ र १९ गते सञ्चालन गरिएको क्रमश: MBBS र BDS शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षामा सम्मिलित उम्मेदवारहरूमध्ये योग्यताक्रममा रहन सफल भएका उम्मेदवारहरूको नतिजा योग्यताक्रमअनुसार प्रकाशित गरिएको हो ।

प्रकाशित नतिजामा कुनै पनि आरक्षण समूहभित्र परेका उम्मेदवारको विरूद्धमा दाबीविरोध गर्न चाहेमा यथार्थ तथ्य प्रमाणसहित पुनर्योगका लागि तोकिएको समयावधिभित्र आयोगको इमेल dabi@mec.gov.np मा निवेदन दिन सकिनेछ । प्राथमिकताक्रम निर्धारण तथा म्याचिङसम्बन्धी सूचना पछि प्रकाशन गरिने जनाएको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस