२०८३ बैशाख १४ गते सोमवार | 2026 April 27th Monday

तीजमा छाडा गीत बनाउँनेलाई कारबाही [ सूचनासहित ]

काठमाडौं । नेपाली महिलाहरुको महान पर्व तीन नजिक आएपछि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जागेको छ ।

प्रतिष्ठानले छाडा गीतहरु नबनाउन भन्दै पत्राचार गरेको हो । एक विज्ञप्ति जारी गरेर सामाजिक सदभावमा खलल पुर्‍याउने, अभद्र, द्विअर्थी र अपाच्य किसिमका तीज गीत सार्वजनिक नगर्न भनिएको छ ।

प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले विज्ञप्ति जारी गर्दै यस्तो अपिल गर्नुभएको हो । संस्थागत आग्रहलाई बेवास्ता गरिए साधारण सदस्यता लगायत संस्थागत सेवाबाट समेत बञ्चित गर्ने चेतावनी समेत दिइएको छ । गायिका तथा मोडल ज्योती मगरलाई तीजमा छाडा गीत गाउँने सूचीमा राखिएका कारण उनको तस्वीर यहाँ प्रयोग गरिएको छ । स्मरणीय कुरा यो छ की उनका केही गीतमा बन्देज समेत लगाइएको थियो ।  

प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली मौलिक लोक गीत संगीत अन्तर्गत पर्वगीत विशेष तीजगीतलाई हाम्रो संस्कृतिको अर्को महत्वपूर्ण गीतका रुपमा लिइन्छ । हरेकवर्ष उल्लेख्य मात्रामा तीज गीतहरु कुनै न कुनै माध्यमबाट व्यवसायिक रुपमा हेर्न र सुन्न पाइन्छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

यो सुखद पक्ष पनि हो । तथापि कतिपय तीज गीतको नाममा देखिएका विकृति, विसङ्गति, अभद्र श्रव्यदृश्यप्रति समस्त दर्शक श्रोताहरुकोको गुनासो वर्षेनी आइरहने हुँदा यस वर्ष पनि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको विशेष ध्यानाकर्षण भएको छ ।

तसर्थ सम्पूर्ण स्रष्टा सर्जक गायक÷गायिका, उत्पादक, रेकर्डिङ्ग स्टुडियो, श्रव्यदृश्य निर्माणकर्ता एवं वितरकहरुमा सामाजिक सद्भावमा खलल पुर्याउने एवं अभद्र र नियतबस दुई अर्थी लाग्ने अपाच्य शब्द सामग्री प्रयोग गरी संगीत बिगार्ने खालका गीत संगीत प्रस्तुत नगर्न नगराउन विनम्र बिनम्रतापूर्वक हार्दिक अनुरोध गर्दछौं ।’

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रकाशित मिति : २०७९ असार १४ गते मङ्गलवार