काठमाडौं । कुनै बेलाकी चर्चित बलिउड अभिनेत्री आयशा टाकिया अहिले चलचित्र उद्योगमा सक्रिय छैनन् ।

उनको नामलाई बलिउडको क्यूट अभिनेत्रीका रुपमा लिइयो भने गलत हुँदैन । जब आयशा टाकिया फिल्म ‘टार्जनः द वन्डर कार’ मा देखिएकी थिइन्, तब उनको क्यूटनेस देखेर मानिसहरु छक्क परेका थिए ।

त्यसपछि उनी सलमान खानको विपरीत फिल्म ‘वान्टेड’ मा देखा परेकी थिइन्, यो फिल्मबाट उनले निकै चर्चा पाइन् । यो फिल्ममा काम गरेपछि उनी ‘वान्टेड गर्ल’ को नामबाट पनि चर्चित भइन् ।

आयशा टाकिया यतिबेला फिल्मबाट टाढा भएपनि सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छिन् । पछिल्ला केही वर्षहरूमा आयशा टाकियाको लुक धेरै परिवर्तन भएको छ । उनका फ्यानहरूलाई यो कुरा राम्ररी थाहा छ ।

हालै, जब उनको पछिल्लो तस्वीर बाहिर आयो, तब फ्यानहरूले विश्वास गर्न सकेनन् कि उनी उनै क्यूट अभिनेत्री हुन् । आयशा टाकियाको पछिल्लो तस्वीरमा उनी आफ्ना पति अबु फरहान आजमीसँग देखिएकी थिइन् ।

यो ब्ल्याक एन्ड ह्वाइट तस्बिर हो, जसमा अबु फरहान आजमी आफ्नो फोन हेर्दै छन्, जबकि आयशा क्यामेरामा हेरेर मुस्कुराउँदै पोज दिइरहेका छन् ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

आयशा टाकियाको यो नयाँ तस्वीर सार्वजनिक भएपछि मानिसहरुले आ–आफ्नो प्रतिक्रिया दिइरहेका छन् । तस्वीरमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखे, ‘तिमी पहिलेदेखि नै प्यारी थियौ ।

शल्यक्रिया (सर्जरी) गर्नुपर्ने कारण के थियो ?’ अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘बलिउड अभिनेत्रीहरूबाट सुन्दर अनुहार बिगार्न सिक्नुहोस् ।’ यद्यपि कतिपयले आयशाको तस्विरमा मायाको वर्षा पनि गरिरहेका छन् ।

सम्बन्धित खबरहरु