काठमाडौ । वर्षापछि आएको बाढी, पहिरोको कारण अहिले देशमा एक खालको संकट उत्पन्न भएको छ । देश शोक र पिडामा डुबेको छ । तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने सरकारकै विरोधमा सडकमा छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सबै नेता कार्यकर्ता आ–आफ्नो कार्य क्षेत्रमा उद्धार तथा राहत वितरणका लागि खटिएका छन् । तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ भने सरकार बिरुद्ध चरणबद्द आन्दोलन कै क्रममा काठमाडौको सडकमा थन्किएको छ ।
तस्वीर देखेरै नागरिकले गिज्याउँदै सेयर गरिरहेका छन् । आन्दोलनको पुर्व निर्धारित कार्यतालिका बमोजिम शुक्रवार अविरल वर्षा संगै माइतीघर मण्डलामा भेला भएका संघका नेता, कार्यकर्ताले सरकार विरुद्ध नाराबाजी गर्न भ्याएका छन् । नेविसंघ निवर्तमान महामन्त्री कुन्दन राज काफ्लेको नेतृत्वमा भेला भएका विद्यार्थीहरुले झरिको पर्वाह नगरी सरकारको विरुद्ध उत्रिएको बताए ।
विद्यार्थी संघले भारतीय तरकारी तथा फलफुलको सन्दर्भलाई लिएर विरोध गर्दै आइरहेको छ । ‘बिषादी हामीलाई चाहिँदैन जनता मार्न पाइँदैन’ जस्ता नारा लगाउदैँ नेविसंघका नेता कार्यकर्ताले सरकार विरुद्ध नाराबाजी गरेका थिए । सरकारले चालेको गलत कदमको विरुद्ध सडकमा उत्रिने नेविसंघको यो नाराबाजी भने अन्य प्रदर्शन भन्दा केही फरक थियो ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- राजीनामा दिएपछि मन्त्रालयको बिदाइ कार्यक्रममा जब रामकुमारी झाँक्री रुन थालिन्
- झाँक्रीको आँशु नाटक कि नटौङ्की ?
- केपी ओली प्रति अत्यन्तै सम्मान छ – झाँक्री
- अमेरिकाले उल्ट्यायो गर्भपतन सम्बन्धी पाँच दशक पुरानो कानून, विरुद्धमा देशभर प्रर्दशन
- सरकारबाट बाहिरिए लगत्तै झाँक्रीले माधव नेपालकै गरिन् बेइज्जत
- ‘हट एण्ड सेक्सी’ अवतारमा नम्रता मल्ललाई जो कोहीले हेर्न नै मुस्किल [ १० तस्वीर ]
- काठमाडौंको आकाशेपुलः ‘एक रातको होइन, एक पटकको १५ सय ! जाने भए हाम्रैमा जाने हो’
- सचिन परियार किन माग्दै हिडेका छन् त ? खुल्यो रहस्य
- कल्पना गर्न नसकिने क्रूरता : बन्धक बनाएर २ महिना १० दिन सामूहिक बलात्कार, रक्तस्रावले मृत्यु
- आज देशभर वर्षा : यी स्थानमा बाढी, पहिरोको त्रास
- चेक साट्न गएका देवचुलीका कृष्ण बेपत्ता, देख्नेले यो नम्बरमा सम्पर्क गरेर सहयोग गरिदिन अपिल
कसैले छाता त कसैले रेनकोट ओडेर सरकारको बिरोध गरिरहेको देख्न सकिन्थ्यो । नेवि संघ निवर्तमान केन्द्रिय सदस्य रत्नहरी ढुङ्गेलले भने, ‘हामिलाई न झरिको पर्वाह छ न त बिदेशिको ईसारामा चल्ने सरकारको नै, हाम्रो सरोकार तिन करोड नेपालीको स्वास्थ्य हो ।
बिदेशबाट आयात गरिने फलफुल तरकारीको बिषादी परिक्षण नगर्ने सरकारी निर्णय आपत्तिजनक छ उक्त निर्णय सच्याउन सरकारसंग जोडदार माग गछौँ ।’ एका तिर देश बाढीपहिरो ढुबानसँग लडिरहेको समयमा यसरी बेमौसमी बाजा बजाउन तर्फ लाग्नुभन्दा उद्धारकार्यमा सरिक हुनुपर्ने धेरैको बुझाई रहेको छ ।
सबैको जानकारीको सेयर गर्नुहोस !!

