काठमाडौं । भारतमा एक जोडीको सम्बन्धविच्छेदलाई लिएर चर्चा सुरु भएको छ ।
सन् २०१५ मा यूपीएससीमा शीर्ष स्थान पाएका भारतिय प्रशासकीय सेवा (आईएएस) अधिकारी टीना डाबी र उनका आईएएस पति अतहर खानले जयपुरको परिवार अदालतमा सम्बन्ध विच्छेदको लागि मुद्दा दायर गरेका थिए ।
दुवैले आपसी सहमतिबाट यो सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका हुन् । उनीहरूको सन् २०१८ मा विवाह भएको थियो । अतहर कश्मीरी परिवारका हुन् ।
जब टीना यूपीएससीको प्रथम बनिन्, त्यस बर्ष अतहर दोस्रो स्थानमा थिए । भनिन्छ कि टीना र अतहर प्रशिक्षणको क्रममा एक अर्काको नजिक आए र विवाह गर्ने निर्णयमा पुगेका हुन् ।
दुबै राजस्थान क्याडरका अधिकारीहरु हुन् । उनीहरुको जयपुरमा पोष्टिङ्ग गरिएको छ ।
टीनाले केही समय अगाडि उनको सामाजिक सञ्जालमा भएका खातामा खानको उपनाम हटाएकी थिइन । यस पछि, अतहरले इन्स्टाग्राममा टीनालाई अनफलो पनि गर्दिएका थिए ।
त्यसबेलादेखि उनीहरूको विवाहको बारेमा विभिन्न चर्चाहरु भइरहेका थिए । सन् २०१८ देखि दुबैको विवाह चलिरहेको थियो । आईएएस दम्पतीलाई धेरै राजनीतिज्ञहरूले बधाई दिएका थिए ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- ड्राईभरले ब्रेष्ट पक्रियो, सरले दिइस् भने पास गराउँछु भन्यो त्यसपछि.. अभिनेत्री दिया मास्के
- दुई महिना न्यायाधीशको कुर्सीमा बसेर फैसला सुनाउने भारतको सबैभन्दा ठूलो मस्तिष्क चोर
- अष्ट्रेलियामा नेपाली यौन व्यवसायमा संलग्न
- बीबीसीले नेपाललाई पनि भारतको राज्य भनेपछि…
- १० पास महिलाले खेतलाई बनाइन् दुनियाँको आकर्षक केन्द्र : लाखौं कमाइ गुगलले समेत तारिफ गर्यो
- यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
- विज्ञानको अहिलेसम्मकै ठूलो चमत्कार : मृत्युपछि फेरी बचाउँने प्रविधि आयो
- श्रीमान् र श्रीमतीको ब्लड ग्रुप एउटै भएमा के हुन्छ ? कस्तो ग्रुपमा बच्चा जन्माउन मुस्किल ?
- क्याप्टेन मोनिकाको बहादुरी र सीपले १९१ यात्रुको ज्यान बच्यो, विश्वभर प्रशंसा
- डाक्टरको एउटै परिवारका ९ जनाको लाश फेला, कसरी भयो यो नरसंहार !
- बिहेको सपना देखाएर बिवाहित महिलालाई बलात्कार, तेस्रो पटकसम्म गर्भपतनपछि उजुरी दिइन्
जबकि, हिन्दू महासभाले यस विवाहलाई प्रेम जिहाद भनेको थियो । टीना डाबीको परिवार मूल रूपमा जयपुरका हुन् । यद्यपि उनको जन्म भोपालमा भएको थियो ।
कान्वेन्ट अफ जीसस एण्ड मेरीमा अध्ययन गर्ने टीना सुरुदेखि नै उत्कृष्ट छात्रा थिइन । उनी सात कक्षामा हुँदा उनको सम्पूर्ण परिवार दिल्लीमा बसाई सरेको थियो ।
टीनाका बुबा जसवन्त डाबी र आमा हिमानी दुबै इन्जिनियर हुन् । दुबै यूपीएससीमा रआइएस परीक्षा उत्तीर्ण छन् ।
यूपीएससीमा छनौट भएपछि टीना र अतहरले मसूरीमा प्रशिक्षण लिए । यहाँबाट दुई जना नजिक आएको बताइएको छ । विवाह अघि पनि टीनाले आफ्नो सामाजिक सञ्जालमा स्टाटस अपडेट गरेकी थिइन् । त्यसमा उनले आफु आमिरसँग सम्बन्धमा रहेको भनेकी थिइन् ।
सबैको जानकारीको सेयर गर्नुहोस !!