काठमाडौं । राजधानी काठमाडौंको मुल सडकको अग्लो रुखमा एक जना युवा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

काठमाडौंको तारकेश्वर नगरपालिका ढकाल ड्राइभिङ अगाडिको रुखमा युवा झुण्डिएको अवस्थामा देखिएको हो ।

अहिले प्रहरी घटनास्थल पुगेको छ । त्यहाँ रुखबाट शवलाई निकाल्ने प्रयास भइरहेको छ ।

तल निकालेपछि मात्र मृतक युवा को हुन् भन्ने पहिचान खुल्नेछ । अहिले प्रहरीले शव निकाल्ने काम गरिरहेको छ । वरिपरि मानिसहरुको भीड लागेको छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

घर भत्किँदा एक बालिकाको मृत्यु
कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । घटनामा परी दुईजना घाइते भएका छन् । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो ।

बेदकोट–४ धरमपुरकी पार्वती खुना छोरी करिश्मालाई लिएर स्थानीय प्रेम साउदको खेतमा काम गर्न गएकी थिइन् । त्यहाँ घरमा पार्वतीले करिश्मा र ११ वर्षीय छोरा अर्जुनलाई छोडेर रोपाइ गर्न गएकी थिइन् । पानी परेपछि घर भत्किँदा च्यापिएर करिश्माको मृत्यु भएको प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिनुभयो ।

घटनामा परेर सोही वडाका ४० वर्षीय मान्टे थारु र अर्जुन घाइते भएका छन् । दुवै जनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।

धन्सारले पुरिएर बालिकाको मृत्यु
स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।

वर्षाका कारण डुबिन्डाँडाका ढाकाराम भट्टराईको घर नजिकै रहेको कच्ची धन्सार भत्किँदा सोही धन्सारमा सुतिरहेकी १२ वर्षीया रेखा भट्टराईको मृत्यु भएको हो । गम्भीर घाइते उनको गल्याङ नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो ।

सोही धन्सारमा सुतेका मृतकका दाजु १६ वर्षीय लक्ष्मणको चोट लागेको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

सम्बन्धित खबरहरु