
काठमाडौं । भारतले फेरी घोषित नाकाबन्दी थालेको छ ।
सडक यातायातको माध्यमबाट हुने व्यापारका लागि नेपाल र भारत दुवै तर्फ एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सञ्चालनमा आएको रक्सौल नाकाबाट सामान ढुवानी रोकेर नेपाली नागरिकलाई दुख दिन खोजेको छ ।
यो नेपालको सबैभन्दा ठूलो आयात गर्ने नाका हो । रेल लिंक समेत जोडिएको सिर्सिया सुख्खा बन्दरगाह २०६१ सालदेखि नै सञ्चालनमा छ ।
औद्योगिक कच्चा पदार्थ आइरन ओर, सिमेन्ट, कोइला, जिप्सम, स्लेग रक्सौलसम्म रेलमा र त्यसपछि ट्रकबाट वीरगञ्ज–रक्सौल नाका हुँदै नेपाल ल्याउने गरिएको छ । साल्ट ट्रेडिङले नुन र मल पनि यसैगरी ल्याउँछ ।
केही मात्रामा पेट्रोलियम पदार्थ पनि पुरानो भन्सार नाका अर्थात मितेरी पुल, शंकराचार्य गेट हुँदै ल्याइन्छ ।
तर १ जुलाई २०२२ देखि रक्सौल भन्सारले त्यसमा रोक लगाउने भएको छ । यसले नेपालमा ठूलो असर गर्नेछ । रक्सौल ल्याण्ड कस्टम (एलसीएस) को डेपुटी कमीसनर पिंकी कुमारीले सूचना जारी गर्दै त्यस्तो जानकारी गराएकी हुन् ।
उनले जारी गरेको सूचनामा १ जुलाईदेखि रक्सौलस्थित रेल्वे साइडिङमा आउने सामान रक्सौल बोर्डर (मितेरी पुल) मार्फत नेपाल निर्यातमा रोक लगाउने उल्लेख छ ।
अबदेखि रक्सौलको मुख्य बजारबाट आईसीपी रक्सौल हुँदै नेपाल लैजानुपर्ने उनको भनाइ छ । त्यसका लागि पनि राति ९ बजेदेखि १२ बजेसम्मको समय तोकिएको छ ।
रक्सौलबाट निकासीका लागि पठाइएका सामानहरू र इन्डियन आयल कर्पोरेशनका तेल भरेर आएका ट्याङ्करहरु समेत सोही मार्ग हुँदै लैजानुपर्ने उल्लेख छ । १ जुलाईपछि ढुवानी बिलहरू एलसीएस पोर्ट कोड अन्तर्गत दर्ता नगरिने अर्थात जाँचपास नगर्ने पनि डेपुटी कमीसनर पिंकी कुमारीले जारी गरेको सूचनामा उल्लेख छ ।
वर्षौंदेखि रक्सौलको रेल्वे साइडिङमा नै धुलोजन्य औद्योगिक कच्चा पदार्थ आयात भइरहेको थियो । रक्सौल ल्याण्ड कस्टम र वीरगञ्ज भन्सार कार्यालय मार्फत जाँचपास भई सोही रुट भएर ढुवानी हुँदै वीरगञ्ज ल्याइन्थ्यो र देशका विभिन्न स्थानमा पठाउने गरिएको थियो ।
अबदेखि धुलोजन्य पदार्थको ढुवानी र भन्सार जाँचपास रक्सौल लक्ष्मीपुर र श्रीसियाको एकीकृत जाँच चौकी (आईसीपी) मार्फत मात्र गर्न पाइने भएको छ ।
वीरगञ्जका उद्योगी एवं आयातकर्ताले भने भारतीय पक्षले आवश्यक पूर्वाधार नै नबनाई एकतर्फी ढंगले निर्णय लादन खोजेको बताएका छन् । रक्सौल रेल्वे साइडिङदेखि रक्सौलको लक्ष्मीपुर एकीकृत जाँचचौकी (आईसीपी) सम्मको सडकको अवस्था हेर्दा ढुवानी गर्न असहज रहेको उनीहरुको गुनासो छ ।
उनीहरुले वीरगञ्ज उद्योग वाणिज्य संघमा मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर एलसीएसको निर्णयले आफूहरु मर्कामा पर्ने बताए । रक्सौल हुँदै दैनिक ३ सयदेखि ४ सय ट्रक टिपरले धुलोजन्य औद्योगिक कच्चा पदार्थ आयात हुने गरेको छ ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- मदनकृष्णको खुट्टा ढोग्दै रविले लिए आर्शिवाद : जान्नेलाई छान्ने भन्दा बधाईको ओइरो !
- के सेक्स सन्तुष्टि पूरा नहुँदा हिस्टेरिया हुन्छ ! के-के हुन् लक्षण
- एमाले अध्यक्ष ओली र पत्नीद्धारा मेसिनबाट रोपाइँ [ ९ तस्वीर ]
- श्रीमतीले एकसाथ चार सन्तान जन्माएपछि पतिले सरकार गुहारे
- यो तस्वीरमा चितुवा कही देख्नुहुन्छ ? अति तिक्ष्ण बुद्धी भएका १ प्रतिशतले मात्र देखे
- गुडिरहेका बेला अचानक आफ्नै नम्बरको अर्को मोटरसाईकल आएपछि…
- के गाँजाको सेवनले सेक्स पावर बढाउँछ ?
- प्याजबाट लिनुहोस् शरीरमा चमत्कारी प्रभाव, पेटको बोसो चैट
- दुर्गा प्रसाईको नजरमा गोविन्द केसी दलाल, अपराधी, भन्छन्–म उसलाई मान्छे नै मान्दिँन (भिडियो)
- अष्ट्रेलियामा अनौठो जीव फेला, विश्वको ‘सबैभन्दा कुरूप’ दर्जा दिइयो
- जान्नुहोस् कागती खाँदाका चमत्कारीक फाइदा
- के मैले देवरसँग शारीरिक सम्पर्क गर्नुपर्छ ?