२०८३ जेष्ठ २४ गते आइतवार | 2026 June 7th Sunday

अमेरिकाबाट ८ वर्षपछि नेपाल आएकी अरुणिमा लम्साल झनै आकर्षक, प्रियांका समेत लोभिइन्

काठमाडौं । एक समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल ८ बर्षपछि नेपाल आएकी छिन् ।

झण्डै ८ वर्षपछि यसै साता छोरीसहित नेपाल आएकी उनी बुधवार अभिनेता किरण केसीको जन्मदिन समारोहमा देखिइन् । उनी अहिलेपनि झनै आकर्षक र सुन्दर देखिएकी थिइन् ।

त्यहाँ उनले अहिलेको चलचित्र क्षेत्र, आफ्नो सुन्दरताको रहस्य, हुनसक्ने सम्भावित ‘कमब्याक’ लगायतको प्रसंगमा रहेर मिडियाकर्मीहरुसँग भलाकुसारी समेत गरिन् ।

उनले आफू दुई महिना नेपालमा रहने बताउँदै आफन्त, चलचित्र क्षेत्रका साथीहरू भेटघाटसँगै घुमघाममा समय बिताउने बताईन् ।

‘८ वर्ष अमेरिकामा रहँदा नेपाली चलचित्रको एक्सन–कटलाई कत्तिको मिस गर्नुभयो ? सञ्चारकर्मीको प्रश्नमा अभिनेत्री लम्सालले भनिन् –‘मिस गर्नका लागि बिर्सनुपर्छ ।

मैले कहिले पनि बिर्सिएकी थिइन । जहिले पनि मेरो आत्मा, मन÷मस्तिष्क सबैमा एक्सन–कट, यो क्षेत्र, चलचित्रकर्मीहरू, मिडियाकर्मीहरू हुनुहुन्छ ।’

रोमान्टिक भूमिकामा रुचाइएकी अभिनेत्री अरुणिमाले चलचित्रमा कमव्याक गर्ने इच्छा रहेको र राम्रो कथावस्तुसहित सुहाउँदो भूमिकामा अफर आए अभिनय गर्न तयार रहेको बताइन् ।

उनी चलचित्र क्षेत्रका सबै कलाकारसँग छिटो घुलमिल भइन् । लामो समयसम्म प्रियांका कार्की झुम्मिइन् । अरुणिमासम्ग टाँसिदै उनले अहिलेपनि अरुणिमासँग बचेको सुन्दरता लागेर आफूलाई लोभ लागेको बताईन् ।

पहिलेजस्तो टिनएजरको क्यारेक्टरमा भने प्रस्तुत हुने मन अरुणिमामा छैन । ‘टिनएजरको क्यारेक्टरमा त म खेल्दिन । किनभने आफैलाई पनि फिल लाग्दैन,’ उनले भनिन्,‘ मेरो उमेरअनुसारको सुट हुने क्यारेक्टर आयो र जसले मलाई फेरि कमव्याक गराउँछ । दर्शकहरूमाझ अरुणिमा लम्साललाई सम्झनलायक क्यारेक्टरको साथ प्रस्तुत गराइन्छ भने पक्कै काम गर्छु ।’

चलचित्र उद्योगमा क्युट अभिनेत्रीको छवि बनाएकी अरुणिमा अहिलेपनि उत्तिकै सुन्दर देखिन्छिन् ।

उनले त्यसबारे ठट्टा गर्दै भनिन्, ‘हनुमानले सञ्जीवनी बुटीको एक टुक्रा मलाई दिनुभएको थियो ।’ उनले आफूभन्दा पछिल्लो पुस्ताका अभिनेत्रीहरूले चलचित्रमा राम्रै काम गरिरहेको र चलचित्र क्षेत्रपनि पहिलेभन्दा विकास भएको प्रतिक्रिया दिइन् ।

अरुणिमाले ‘भरोसा’, ‘धडकन’, ‘आफ्नो मान्छे आफ्नै हुन्छ’, ‘अग्नि ज्वाला’, ‘निगरानी’, ‘अभिमन्यु’ ‘दाग नमेटिएको घाउ’, ‘हामी साथी भाइ’ लगायतका ५० भन्दा बढी चलचित्रहरूमा अभिनय गरेकी छिन् । उनको अभिनय दर्शकहरुले निक्कै मन पराएका छन् ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

प्रकाशित मिति : २०७९ असार १६ गते बिहिवार