२०८३ जेष्ठ २४ गते आइतवार | 2026 June 7th Sunday

अभिनेत्री पूजा शर्माका हात थाम्न आएका नयाँ प्रेमी को हुन् ?

काठमाडौं । अभिनेत्री पूजा शर्माले पहिलोपटक आफ्ना प्रेमी सार्वजनिक गरेकी छिन्।

उनलाई अभिनेता पल शाह, आकाश श्रेष्ठसँग नाम जोड्दै आइएको थियो । पल नाबालिग गायिका बलात्कारको अभियोगमा जेल गएका बेला पूजा शर्माले आफ्नो प्रेमी सार्वजनिक गरेकी छिन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत व्यवसायी युद्ध बानियासँग प्रेमसम्बन्धमा रहेको खुलासा गरेकी छिन्।

उनले युद्धसँगको एक फोटो राख्दै आफूहरुबिच प्रेमसम्बन्ध रहेको स्विकार गरेकी छिन्। ‘यु आर द वान’ सहित रेड इमोजी उनले फेसबुकमा लेखेकी छिन्।

एक वर्षदेखि पूजा र युद्धबिच प्रेमसम्बन्धमा रहेको चर्चा चल्दै आएको छ। केही दिनअघि मात्रै पूजाले एक अन्तर्वार्तामा घरबाट बिहेको कुरा चलिरहेको र आफूहरु एकअर्कालाई चिन्दै गरेको बताएकी थिइन। तर औपचारिक रुपमा भने पूजाले पहिलोपटक नै सार्वजनिक गरेकी हुन्।

यसअघि पूजाको नाम आकाश श्रेष्ठसँग पनि जोडिएको थियो। तर पूजाले भने आफूहरु सँगै काम गर्ने र मिल्ने साथी मात्रै रहेको बताएकी थिइन्।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

प्रकाशित मिति : २०७९ असार १६ गते बिहिवार